
महेन्द्रनगर, २७ असार । कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् ।
भीमदत्त नगरपालिका–९ मटैनाका ५३ वर्षीया पुरुष वीर महराको आइतबार बिहान चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको बरन्डामा बसेका बेला बिहान ७ बजेतिर चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै मृतकका १८ वर्षीय छोरा लालसिंह महरा चट्याङ लागेर घाइते भएका छन् । उनको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया