
काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन गरेका छन् ।
आज आइतबार बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्जिकल भवनको उद्घाटन गरेका हुन् । उक्त भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाटै शिलान्यास गरिएको थियो ।
उक्त भवनमा कोरोना संक्रमितलाई राखेर उपचार यसअघिदेखि नै सुरू भइसकेको छ । सर्जिकल भवनमा सेवा दिन सरकारले ८३१ जना चिकित्सकलगायतको दरबन्दी स्वीकृत गरेको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताएका छन् । संसारका जुनसुकै मुलुक भन्दा धेरै सस्तो उपचार नेपालमा भएको उनको भनाइ छ ।
आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७/८ लाख रुपैयाँ मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।















प्रतिक्रिया