
काठमाडौँ, २६ असार । पार्टीको विवाद समाधानका लागि बसेको नेकपा एमालेको कार्यदलको बैठक करिब सहमतिमा पुगेके छ ।
शनिबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकले विवाद समाधानको सहमति नजिक पुगेको माधवकुमार पक्षका कार्यदल संयोजक भीम रावलले जनाएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै रावलले बैठक करिब सहमति नजिक पुगेको बताए ।
त्यस्तै, बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता गोकर्ण विष्टले लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बैठक बस्ने जनाएका छन् ।
विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उनले भने, भोलि सुखद समाचा सुन्न पाउनुहुन्छ ।












प्रतिक्रिया