७ कार्तिक २०८३, शनिबार

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा डाक्टर साह पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २६ असार । मोरङमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् ।

बोदेबरसाई नगरपालिका सप्तरीका २८ वर्षीय डाक्टर राजेश साहलाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको हो ।

मोरङको पथरी शनिश्चरेमा डेरा गरी बस्दै आएका साहले पथरी शनिश्चरे बस्दै आएकी १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ पथरी शनिश्चरेको एक चस्मा पसलमा कार्यरत आँखाका डाक्टर साहलाई मंगलबार पक्राउ गरि अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।