
काठमाडौँ, २६ असार । रौतहटमा जबरजस्तीक करणी गरेको आरोपमा नेपाली काँग्रेसका स्थानीय नेता पक्राउ परेका छन् ।
देवाही गोनाही नगरपालिकाबाट ५० वर्षीय नागेश्वर कुश्वाहा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार कुश्वाहाविरुद्ध स्थानीय एक विवाहित महिलामाथि करणी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । अनुसन्धानका लागि जिल्ला अदालत गौरले ५ दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
कुश्वाहामाथि ३ दिन ति महिलालाई किनमेल गर्न मोटरसाइकलमा राखेर गरुडा बजारतर्फ लगेको र बीच बाटोमै पर्ने काँसघारीमा करणी गरेको आरोप छ । पीडित महिलाले प्रहरी समक्ष मौखिक उजुरी दिएपछि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया