
काठमाडौं, २६ असार । भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ ।
शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलकोे खुद्रा बिक्री क्रमशः १०० रूपैयाँ ९१ पैसा र ८९ रूपैयाँ ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको हो ।
अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन् । देशभर दरहरू बढाइएको भए पनि मूल्य अभिवृद्धि करको कारण फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ ।















प्रतिक्रिया