७ कार्तिक २०८३, शनिबार

बागमती प्रदेशसभा बैठक स्थगित, भोलि साढे ११ बजे बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २६ असार । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो ।

सचिवालयका अनुसार आज स्थगित बैठक भोलि आइतबार साढे ११ बजे बस्ने छ ।

आव २०७८/८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् ।