१६ कार्तिक २०८३, सोमबार

सहमति हुने गरी प्रयत्न भइरहेको छ: रघुजी पन्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । पार्टीको विवाद समाधानका लागि बसिरहेको नेकपा(एमाले)को कार्यदलको बैठकले आजै सहमितमा पुग्ने गरी छलफल गरिरहेको नेताहरुले बताएका छन् ।

एमालेका नेपाल पक्षका नेता रघुजी पन्तले सञ्चारकर्मीसँग कुरा गर्दै अन्तिम चरणमा छलफल भइरहेको बताए ।

नेता पन्तले भने– ‘मस्यौदामा छलफल गर्यौं । मस्यौदामा हामीलाई लागेका सुझावहरु दियौँ । छलफल सकारात्मक ढंगले भएको छ । हाम्रो सुझावहरूलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णतामा पुर्याउने प्रयत्न छ । पार्टी एकतालाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने बुँदाहरुमा हामीले आफ्ना धारणाहरूमा सहमति बनाउने प्रयत्न गरेका छौँ । साथीहरुले राखेका भावना, धारणा र विचारहरूलाई पनि राखेर त्यसलाई पूर्ण बनाउने प्रयत्न भएको छ । सम्भव भएसम्म हामी आज नै त्यसलाई सकौँ भन्ने प्रयत्नमा छौँ । छलफल चलिरहेको छ । त्यसलाई फाइनल रुप दिने प्रयास भइरहेको छ ।’