
काठमाडौँ, २५ असार । कैलाली एक दम्पतीले अन्तरजातीय विवाहका कारण आफूहरुको ज्यान जोखिममा रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक उनीहरुले आफूहरु अन्तरजातीय विवाहका कारण परिवारबाटै जोखिम रहेकाले जंगलमा लुकेर बस्न बाध्य भएको बताएका छन् ।
कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य भएका हुन् ।
प्रकाशका आफन्तबाट भिडियो प्राप्त भएको बताउँदै ट्वीटरमा अधिकारकर्मी जेबी विश्वकर्माले सो भिडियो पोष्ट गरेका छन् ।
भिडियोमा प्रकाशले गाउँ फर्किए रुकुमको घटना दोहोरिने समेत धम्की आएको बताएका छन् ।
यो भिडियो सार्वजनिक भएपछि विभिन्न सरोकारवाला निकायहरुले ध्यान केन्द्रीत भएको बताएका छन् । प्रहरी संयन्त्रले घटनाको सत्यतथ्य बुझ्ने जनाएको छ ।












प्रतिक्रिया