
काठमाडौं, २५ असार । अमेरिका हिँडेका सात जना नेपाली चढेको डुंगा क्यारेबियन सागरमा दुर्घटनाग्रस्त भएको छ ।
डुंगा दुर्घटनामा पर्ने नेपालीमा दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङलगायत छन् । सँगै बेपत्ता भएका अन्य तीनजना नेपाली युवाको भने नाम र ठेगाना खुलेको छैन ।
अमेरिका छिर्नका लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियन कोस्टस्थित कपुरगाडा जाँदै गर्दा क्यारेबियन सागरमा डुंगा दुर्घटना भएको हो । अवैध ढंगले अमेरिका हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा सवार थिए । जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ । तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन् ।















प्रतिक्रिया