७ कार्तिक २०८३, शनिबार

तिनाउ र बबई नदीका तटीय क्षेत्रमा डुबानको जोखिम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २५ असार । लगातारको वर्षाले गर्दा बाढी र पहिरोको जोखिम बढेसँगै तिनाउ र बबई नदीका तटीय क्षेत्रमा डुबानको जोखिम थप बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले गएरातीदेखि भारी वर्षा भएकाले तिनाउ र बबई नदीमा बाढी आउन सक्ने अनुमान गरेको छ । त्यसकारण सतर्क हुन विभागले आग्रह गरेको छ ।

नदीमा बाढी आउन सक्ने भएकाले सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ र बबई तथा यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई डुबान हुन सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको हो ।

साथै बहाब बढ्ने र बाढीको सम्भावना रहेका नदीबारे महाशाखाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।