
भक्तपुर, २५ असार । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबीसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३ प ९६५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया