
काठमाडौं, २४ असार । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् ।
उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेको प्रहरी वृत्त नयाँबानेश्वरले जानकारी दिएको छ । आत्महत्याको कारण नखुलेको भए पनि डिप्रेशनका कारण घटान भएको प्रहरीको अनुमान छ ।
कुँवर विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । उनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा समेत प्रकट हुने गरेकी थिइन् ।
घटनाबारे अनुसन्धान गर्न थापाउँस्थित घटनास्थल पुगेको प्रहरीले जेनीको ‘सुसाइड नोट’ फेला पारेको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् । सुसाइड नोटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ नभएको पनि उल्लेख गरेकी छिन् ।
श्रीमान अपार्टमेन्टमा नभएको बेलामा उनले आत्महत्याको बाटो रोजेको प्रहरीले बताएको छ । जेनीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
कुँवरले घायल, हलचाल, धुम, मैदान, मिस्टर डन, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू लगायतमा काम गरेकी छिन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् ।















प्रतिक्रिया