
काठमाडौं, २४ असार । यूनियन लाइफ इन्स्योरेन्सले आज बिहीबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । ६४ लाख ५० हजार कित्तामा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता नै सामूहिक लागनी कोषलाई छुटयाईएको छ ।
बाँकी ५८ लाख ५ हजार कित्ता शेयरमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् । न्यूनतम १० देखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आवेदन ढिलोमा साउन ७ गतेसम्म दिन सकिने छ ।
लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ दिएको छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।















प्रतिक्रिया