७ कार्तिक २०८३, शनिबार

अन्तिम सहमतिका लागि एमाले कार्यदलको बैठक साँझ ७ बजे बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । लामो समयदेखि आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र अन्ततः सहमति जुट्ने करिब–करिब पक्का भएको छ ।

एमाले नेता सुवासचन्द्र नेम्वाङका अनुसार नेताहरूबीच आजै सहमति हुने र संयुक्त वक्तव्य जारी गर्ने तयारी छ । त्यसका लागि विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बिहीबार साँझ ७ बजे बस्ने भएको छ । उक्त बैठकले ठोस सहमति गरी पार्टीभित्रको विवाद अन्त्य गरिने उनको दाबी छ ।

साँझको बैठकका लागि भन्दै यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठक स्थगित गरिएको छ । ७ बजेअघि नेताहरूले आ–आफ्नो समूहमा छलफल गर्ने छन् र बैठकमा सहभागी हुने छन् । सोही बैठकले पार्टी एक भएको सन्देश दिने तयारी भइरहेको एमाले नेता गोकर्ण विष्टको भनाइ छ ।