७ कार्तिक २०८३, शनिबार

इजरायलले दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो (फोटोफिचर)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । इजरायल सरकारले नेपाललाई दिएको २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुगेको छ ।

इजरायलले नेपाललाई ५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायत कोरोना भाइरस संक्रमितको उपचारसँग सम्बन्धित सामग्री सहयोग गरेको हो ।

यसैबीच कोभिड—१९ सँग सम्बन्धित इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्ने सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत आफ्नै पहलमा पठाएको इजरायलका लागि नेपाली राजदूत डा. अञ्जना शाक्यले बताइन् ।

नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत ती सामग्रीसहित बिहीबार बिहान सवा ११ बजे काठमाडौं ल्याइएको हो । विमानस्थलमा इजरायली राजदूत हनान गोडेरले नेपालको स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सामान हस्तान्तरण गरेका छन् ।