७ कार्तिक २०८३, शनिबार

देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । मनसुनी वायु सक्रिय रहेका कारण आज देशका केही स्थानमा भिषणसहित अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ । आज राति देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने छ । अहिले देशभर बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

भोलि देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ ।

त्यस्तै शनिबार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले आगामी २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा, भारी वर्षा र अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । पहाडी भू–भागमा बाढी–पहिरो तथा गेग्रान बहावका साथै नदीहरूमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।