१६ कार्तिक २०८३, सोमबार

करेन्ट लागेर झापामा विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, २३ असार । झापामा नेपाल विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्युत मिटर जोड्ने क्रममा करेन्ट लागेर प्राधिकरणका कर्मचारी बिर्तामोड ५ निवासी ५७ वर्षिय कुलप्रसाद भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गरामनीमा बुधबार बिहान मिटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ ।