१६ कार्तिक २०८३, सोमबार

एमाले कार्यदलको बैठक सुरु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । पार्टीको विवाद समाधानका लागि नेकपा एमालेको १० सदस्यी कार्यदलको बैठक सुरु भएको छ ।

वुधबार करिब १२ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो ।

कार्यदलका सदस्य तथा माधवकुमार नेपाल पक्षका नेता भीम रावल नेपाललाई भेट्न काटेश्वर पुगेका थिए । रावल फर्के लगत्तै बैठक सुरु भएको हो ।

बैठकमा नेपाल पक्षका रावलको संयोजकत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भिम आचार्य रहेका छन् । त्यस्तै, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।

विवाद समाधानका लागि कार्यदलको निरन्तर छलफल जारी रहेको छ ।