
काठमाडौँ, २२ असार । जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्ता पाता) तथा ग्याल्भा प्लस (सादा जस्ता पाता) को फ्याक्ट्रीको आधिकारीक उद्घाटन गरेका छन् ।
उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ । यस सिआरएम मिलको जटिल डिजाईन, जडान कार्य, कमिशनिंग यसै कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राद्वारा गरिएको हो जो ग्याल्भालुम् तथा कलर कोटिङ्घ उत्पादन प्रविधिमा विज्ञ हुन् ।
जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समय यता जानकारी दिँदै आएको थियो । जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्ता पाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुुरामा कम्पनी विश्वस्त छ ।
विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्ता पातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्ता पातालाई ग्याल्भा प्लस नाम दिइएको हो ।
नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाईन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्ता पाताको तुुलनामा अत्यधिक मजबुुत र टिकाउ हुने जानकारी दिएको छ ।















प्रतिक्रिया