
काठमाडौँ, २२ असार । नेपाल एयरलाइन्सको कार्यालयमा तनाव भएको छ ।
कर्मचारीहरुले तालाबन्दी गरेपछि तनाव भएको हो ।
एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारी भएपछि त्यसको विरोधमा कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
प्रहरीले ताला खोल्न लागेपछि तनाव भएको हो ।
कर्मचारीहरुले भने निजी एयरलायन्सलाई नेपाल एयरलाइन्स जिम्मा लगाउन खोजिएको आरोप लगाउँदै विरोध जनाएका छन् ।












प्रतिक्रिया