७ कार्तिक २०८३, शनिबार

ललितपुरमा पौडी खेल्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, दुई जनाको उपचार हुँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । पौडी खेल्ने क्रममा करेन्ट लाग्दा ललितपुरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका–७ बस्ने १० वर्षीय जाकेस तामाङ छन् । सोही ठाउँस्थित बुरुङचुली खोलामा पौडी खेल्न गएका जाकेस लगायत ३ जनालाई सोमबार करेन्ट लागेको थियो ।

पोलबाट लत्रिएर पानीमा खसेको बिजुलीको तारबाट उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त चापागाउँबाट खटिएको प्रहरीले उपचारका लागि गोदावरी नगरपालिका–६ आन्नद वन अस्पताल टीकाभैरब पठाएकोमा उपचारको क्रममा जाकेसको मृत्यु भएको हो ।

घाइते अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।