बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मलेसियाले गैरकानुनी श्रमिकलाई घर फर्कन दिएको समय थप्यो

दैनिक नेपाल २०७८ असार २२ गते १२:५३

काठमाडौं, २२ असार । मलेसियामा गैरकानुनी रूपमा काम गरिरहेका नेपालीहरूलाई निश्चित जरीवाना तिरेर घर फर्कन पाउने समय थप भएको छ ।

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार मलेसियाले गैर कानुनी श्रमिकहरूका लागि सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समय ३१ डिसेम्बर २०२१ सम्मका लागि थप भएको हो ।

यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । तर, मलेसिया सरकारलाई यो कार्यक्रमको समय अवधि थपिदिन अनुरोध गरेको दूतावासले जनाएको छ ।

रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत मलेसियाले गैर कानुनी श्रमिकलाई दुई अवसर दिएको छ । पहिलो निश्चित शुल्क तिरेर स्वदेश फर्कन पाइन्छ भने दोस्रो चाहिँ पुनः मलेसियामा आफ्नो कागजात सच्याउँदै कानुनी रूपमा काम गर्न पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित