
गलकोट, २२ असार । निरन्तरको वर्षातका कारण मध्यपहाडी (पुष्पलाल) राजमार्गको बागलुङ खण्ड अवरूद्ध भएको छ ।
राजमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरूद्ध भएको हो ।
दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरूद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए ।
निरन्तरको वर्षातपछि पहिरो खसेर अवरूद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन स्थानमै खटाइएको छ । आज मंगलबार अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ ।
वर्षातका कारण अर्को आष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–बलेवा जाने सडकसमेत अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।
बागलुङ पोखरा सडकअन्तर्गत पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि राजमार्गको सडक अवरूद्ध भएको र यात्रु अलपत्र परेका छन् । रासस















प्रतिक्रिया