
राजविराज, २२ असार । सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक जना युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह छिन् ।
आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काटेर जङ्गलबाट फर्किने क्रममा सोमबार साँझ महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको हो ।















प्रतिक्रिया