बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कुखुराको भालेलाई अदालतमा पेश गर्न दवाव

दैनिक नेपाल २०७८ असार २२ गते १०:२४

नयाँदिल्ली । भारतको तेलगंगाको लथुनर गाउँमा भएको घटनापछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने भएको छ ।

प्रहरीले भने भाले अपराधी भएपनि पक्राउ गर्ने बारेमा नसोचेको बताइरहेको छ । २२ फरबरीमा दुइटा भाले जुधिरहेका थिए ।

सोही क्रममा एउटा आफ्नै भालेको खुट्टटामा बाँधिएको चक्कुले मालिकको कम्मरको तल्लो भागमा चोट लागेको थियो । चक्कुको प्रहारबाट घाइते भएका मालिकको उपचारको क्रममा निधन भएको हो ।

४५ वर्षीय थानुगुल्ला सतीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको चक्कु बाधिदिएका हुन्थे । त्यसैक्रममा गल्तीले कुखुराको भालेको चक्कु सतिशतिरै तेर्सिएको थियो ।

चक्कुले काटेपछि उनको शरीरबाट धेरै रगत बगेको थियो । उनलाई अस्पताल लगिएपनि बाचेनन् ।

तेलगंगामा कुखुराको लडाई गर्न प्रतिवन्ध गरिएको छ । निषेध हुदाँहुँदै पनि केही मानिसहरु लुकेर भाले जुधाई गर्दै आएका थिए । अब भालेलाई अदालतमा पेश गर्ने भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित