३० आश्विन २०८३, शुक्रबार

भीसीटीएसमा साढे ५२ खर्ब कारोबारको विवरण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । सरकारले २०७६ साउनबाट सुरु गरेको ‘भेहिकल्स एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम’ (भीसीटीएस) प्रणालीमा हालसम्म साढे ५२ खर्ब रुपैयाँ कारोबार विवरण दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले सोमबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा जनाइएअनुसार ५२ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको मालसामन कारोबारको विवरण दर्ता भएको छ । आयात वा निर्यात गर्दा र मुलुकभित्र एक ठाउँबाट अर्को ठाउँमा मालसान खरिदबिक्रीको ढुवानीका क्रममा त्यसको सम्पूर्ण विवरण वेबमा दर्ता गराउने प्रणाली हो— भीसीटीएस । मालसमान आयात तथा आन्तरिक खरिदबिक्रीका क्रममा विभिन्न तरिकाले कर छली गर्ने प्रवृत्तिविरुद्ध भीसीटीएस लागु गरिएको हो ।

‘आयात गर्दाको सामान, लामो दूरी ढुवानी हुँदाका सामानमध्ये करिब ९५ प्रतिशत भीसीटीएसमा दर्ता हुने गरेका छन्,’ विभागका महानिर्देशक रामप्रसाद आचार्यले भने, ‘यो प्रणालीले कति सामान आयात भई कतिमा बिक्री भयोदेखि नेपालभित्रै कुनै एक व्यापारीले अर्को व्यापारीलाई कतिमा सामान बिक्री गर्‍यो भन्ने विषयको ट्र्याकिङ गर्छ । यसले कर संकलन र कर छलीलाई निकै सुधार गरेको छ ।’

केही मात्रामा यो प्रणालीमा नै नआउने र आएकाहरूले समेत करछली गरेको पाइएको उनको भनाइ छ । ‘यो प्रणालीलाई भन्सार विभाग, आन्तरिक राजस्व विभागसँग लिंक गर्दै छौं,’ उनले भने, ‘त्यसपछि अझ बढी प्रभावकारी हुनेछ । यसले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउनेछ ।’ जसले गर्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वास्तविक रूपमा मापन हुनेदेखि अनौपचारिक क्रियाकलाप नियन्त्रण गर्न ठूलो भूमिका खेल्ने आचार्यले बताए । कान्तिपुर दैनिकले खबर छापेको छ ।