
काठमाडौँ, २१ असार । चिल्ड्रेन भिजन नेपालले चितवनकी सुजिता भण्डारीको हत्या भएको भन्दै संलग्नलाई कारवाही माग गर्दै गृहमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।
बिगत ९ दिन देखि हराएकी सुजिता भण्डारीको शव नजिकैको जंगलमा भेटिएको छ । भण्डारीको हत्याको चिल्ड्रेन भिजन नेपाल घोर बिरोध र भ्रतसना गरेको छ ।
भिजन नेपालले उक्त घटनाले सम्पूर्ण महिलाहरु असुरक्षित महसुस गराएको जनाएको छ । घटनाको हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हत्यारालाई हदैसम्मको कारबाही गरी आम महिलाहरुको स्वतन्त्रता पुर्वक बाँच्न पाउने संविधान प्रदत्त अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुब्यबस्था कायम गर्न र गराउन यस संस्था जोरदार माग समेत गरेको छ ।
भिजनले पीडित परिवारलाई यथाशीघ्र राहतका लागि पनि माग गरेको छ ।
असार ११ गते चितवनको राप्तीनगर नगरपालिका वडा नं ३, प्रगतीनगर निवासी २३ वर्षीय बिहान करिब ६ः३० बजे उनको साथीले उनलाई तरकारी लिन बोलाएपछी आफ्नो निवास स्थानबाट निस्केकी थिइन् ।
बिहान घरबाट निस्किएकी सुजिताले सोहि दिनको मध्यान्ह १२ः१५ बजे आफ्नी दिदी कवितालाई फोन गरी आफू अपहरणमा परेको भन्दै बचाउन आग्रह गरेकी थिइन् र त्यसपश्चात सम्पर्क बिहिन भएकी थिइन् ।
यता प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । त्यस्तै, हत्या हो वा आत्महत्या भन्नेबारे पोष्टमार्टम रिपोर्टपछि भन्न सकिने प्रहरीले जनाएको छ ।












प्रतिक्रिया