
काठमाडौँ, २१ असार । पार्टीको विवाद समाधानका लागि गठित नेकपा एमालेको १० सदस्यीय कार्यदल ब्युँतिएको छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता भीम रावलबीच आइतबार भएको वार्तापछि कार्यदल ब्यूँत्याइएको हो ।
कार्यदल सक्रिय बनेसँगै सोमबारबाटै अनौपचारिक वार्तामा भएका छलफललाई आधार मानेर सहमतिका लागि प्रयास सुरु भएका छन् ।
नेताहरुले अब एमाले एक भएर अघि बढ्ने बताउन थालेका छन् । त्यस्तै, सिंहदरबारमा कार्यदलको औपचारिक बैठक बसेको बताइएको छ ।
कार्यदलमा अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङ छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् ।
सदस्यहरूमा ओली पक्षका विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
आजको बैठकले संयुक्त वक्तव्यको ड्राफ्ट तयार गर्ने बुझिएको छ ।












प्रतिक्रिया