१६ कार्तिक २०८३, सोमबार

थप २ हजार २११ जनाले जिते कोरोना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । पछिल्लो २४ घण्टामा २ हजार २११ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ११ हजार ४२९ जना पुगेको छ ।

गत २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६२२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६९० जना रहेको छ ।

२४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २४८ जना पुगेको मन्त्रालयले जनाएको छ ।