
काठमाडौँ, २१ असार । कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ दुम्किबासस्थित दुम्किबास शाखा स्थानान्तरण भएको छ ।
ग्राहक महानुभावहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित भवन देखि करिव ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठीक अगाडिकोभवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ ।
हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंककासञ्चालक भिम प्रसाद तुलाचनले उक्त स्थानान्तरित शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।
यस बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटीएममार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया