७ कार्तिक २०८३, शनिबार

कांग्रेसको समायोजन समिति बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ ।

उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि छलफल गर्ने छ ।

अपरान्ह ४ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सप्तरी, बारा, काभ्रे, काठमाडौं, रुपन्देहीलगायत जिल्लामा देखिएको समायोजनसम्बन्धी विवादबारे छलफल हुने बताइएको छ ।

अन्य पार्टीबाट प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिने विषयको विवादमा दुवै पक्षसँग छलफल गरेर आवश्यक निर्णय लिने समायोजन समितिको तयारी छ ।