७ कार्तिक २०८३, शनिबार

हराइरहेकी चितवनकी सुजिता भण्डारीको दश दिनपछि शव भेटियो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २१ असार । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षकी सुजिता भण्डारीको शव भेटिएको छ ।

असार ११ गतेदेखि हराएकी भण्डारीको शव ब्रह्मस्थानी सामुदायिक वनमा हिजो बेलुका फेला परेको हो । साथीको घर जाने भनेर हिँडेकी भण्डारी त्यसपछि बेपत्ता भएकी थिइन ।

उनले ११ गते राति दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।