
काठमाडौं, २१ असार । भारतमा दैनिक कोरोना भाइरस संक्रमित हुनेको संख्या ४० हजार ३८७ मा झरेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४२ हजार ३५२ सहित भारतमा संक्रमणमुक्त हुनेको जम्मा संख्या दुई करोड ९७ लाख ४३० पुगेका छन् ।
दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी हुँदा सक्रिय संक्रमित संख्या पनि घटिरहेको छ । भारतमा हाल ४ लाख ८२ हजार ७१ सक्रिय संक्रमित छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ७२३ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख २ हजार ७२८ पुगेको छ ।
भारतमा हालसम्म ३५ करोड २८ लाख ९२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।















प्रतिक्रिया