८ कार्तिक २०८३, आइतबार

एनआईबीएल एस क्यापिटलले ल्यायो लगानी गर्ने अवसर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने अवसर ल्याएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वर्षमा लगानीकर्ताहरुका लागि विशेष अवसर ल्याएको हो ।

यस योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउन सक्नेछन् । यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागी हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्नेछ । यो योजना २०७८ असार २० गतेदेखि २०७८ असार २४ गतेसम्म मात्र लागु हुनेछ ।

यस योजनाको नतिजा २०७८ श्रावण १५ गते गोला प्रथाद्वारा फेसबुक लाइभमार्फत गरिनेछ र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरुअनुसार पुरस्कार वितरण गरिनेछ ।

थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital.com तथा मुख्यकार्यलय (फोन नम्बरस्(०१४४२५२८०) मा सम्पर्क गर्न सकिने छ ।