७ कार्तिक २०८३, शनिबार

तास खेलिरहेको अवस्थामा नगदसहित ३१ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । तास खेलिरहेको अवस्थामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ३१ जनालाई पक्राउ गरेको छ ।

प्राप्त विवरण अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङ्ग स्थित लाल बहादुर ताङ्गको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त फर्ममा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार ८५५ रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंकै चन्द्रागिरी नगरपालिका–३ बस्ने कमल थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ दहचोक बस्ने ३६ वर्षीय किशोर बखती लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नगद ५० हजार ७० रुपैयाँ र ३ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–१५ बिजेश्वोरीस्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय कर्मा गुरुङ्गलगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २२ हजार १३० रुपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

यस्तै नवलपरासी (पूर्व)को देवचुली नगरपालिका–१७ कुजौली बस्ने ३९ बर्षीय जीतलाल थनेतको खाजा घरमा तास खेलिरहेको अवस्थामा थनेत लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको खाजा घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ७८५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।