
काठमाडौं, २० असार । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिमा प्रवक्ताको जिम्मेवारी प्रदीप पौडेलले पाएका छन् ।
समिति सदस्य रहेका पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो । समितिको औपचारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको बताइएको छ ।
समितिद्वारा जारी विज्ञप्ति अनुसार केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको समितिले क्रियाशील सदस्यतामाथि छानबिन गरिरहेको छ । सात सदस्यीय समितिमा संयोजक लेखकसहित सदस्यहरु पौडेल, आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियार रहेका छन् ।















प्रतिक्रिया