
काठमाडौं, २० असार । काठमाडौं उपत्यकाभित्र साना तथा सिट क्षमता भएका सवारीलाई पनि चल्न दिने तयारी भइरहेको छ ।
काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकमार्फत निषेधाज्ञा जारी भएका अन्य क्षेत्रलाई पनि आंशिक रूपमा खोल्न दिइने तयारी भइरहेको हो । यसअघिको बैठकले २५ सिट क्षमता भएका सार्वजनिक सवारीलाई मात्रै चल्न दिने निर्णय भएको थियो ।
निषेधाज्ञा बारे निर्णय गर्न र अन्य आवश्यक क्षेत्र खुलाउन आज अपराह्न ४ बजे उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ ।















प्रतिक्रिया