काठमाडौं, २० असार । काठमाडौंको टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
शनिबार राति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करले प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दीपेश थापाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बस्ने ३० वर्षका सागर खतिवडा भने घाइते भएको थिए । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।















प्रतिक्रिया