शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एनआरएनए अमेरिकाको १०औ साधारण सभाको उद्घाटन

दैनिक नेपाल २०७८ असार २० गते ८:४४

विजय थापा

न्यूयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको १०औ वार्षिक साधारण सभाको उद्घाटन भएको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले सभाको उद्घाटन गरेका हुन् ।

सभामा नेपाली तथा अमेरिकन राष्ट्रिय गानमा महिला अभियानमा लागेकाले महिलाहरूले साथ दिएका थिए । कार्यक्रममा अतिथिहरूलाई स्वागत गीत प्रस्तुतिबाट गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता सुनिल साहले गरेका छन् । अमेरिका बाहिरका विभिन्न राष्ट्र तथा अमेरिकाका विभिन्न राज्यहरूबाट समिति सदस्य, पदाधिकारी, नव निर्वाचित पदाधिकारी, अभियानमा लागेका सामाजिक अभियन्ता लगायत विभिन्न सामाजिक संस्थाहरूका प्रतिनिधि लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रम जुलाई ३ का दिनदेखि जुलाई ४ सम्म हुनेछ । जुलाई ३ का दिन उद्घाटन समारोह, वार्षिक साधारण सभासत्र, महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, बिधान संशोधन तथा सपथ ग्रहण कार्यक्रमहरू रहेको छ ।

उद्घाटन बिहान १० बजेदेखि प्रारम्भ हुनेछ । बिधान संशोधन समेत गरि राति ९ बजेसम्म कार्यक्रम रहनेछ । समारोहका संयोजन वर्तमान उपाध्यक्ष बीआर लामाले गरेका छन् ।

अमेरिकाको १०औ वार्षिक समारोहको लागि अन्य राष्ट्र र अमेरिकाको विभिन्न राज्यहरू न्यूयोर्क आई पुगेका छन् ।

१०औ वार्षिक साधारणको लागि राजदूत युवराज खतिवडा, अध्यक्ष सुनिल शाह, अन्तर्राष्ट्रियका सचिव गौरी जोशी, उपाध्यक्ष बद्री केसी, उपाध्यक्ष रबिना थापा, उपाध्यक्ष सोनाम लामा, नव निर्वाचित अध्यक्ष बुद्धिसागर सुबेदी, अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठी, मेरिल्याण्ड राज्य बिधान सभा सदस्य ह्यारी भण्डारी, प्रवासी नेपाली एकता समाजका अध्यक्ष प्रभु थापा, नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य आनन्द बिष्ट तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित