काठमाडौं, २० असार । अर्घाखाँचीको शीतगंगा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ। नगरपालिकाभित्र रहेका ४० वर्ष पुगेका एकल पुरुषलाई मासिक भत्ताको व्यवस्था गरेको हो।
आगामी आर्थिक वर्षको बजेटमा ३५ वर्ष पुगेका अविवाहित महिला र ४० वर्ष पुगेका एकल पुरुषलाई मासिक भत्ताको व्यवस्थापन गर्नेे शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्य अधिकारीले बताए। यो कार्यक्रम आउने साउन महिनाबाट लागू हुनेछ।
कहीँ कतैबाट भत्ता, पेन्सन प्राप्त नगरेका ३५ वर्ष माथिका अविवाहित एकल महिला, ४० वर्ष माथिका एकल पुरुष र ‘ग’ वर्गका अपागंहरूलाई मासिक भत्ता उपलब्ध गराउने बताइएको छ।
क र ख वर्गका अपांगता भएका व्यक्तिलाई संघीय सरकारबाट मासिक भत्ता प्रदान भए पनि ‘ग’ वर्गका अपांगलाई नछोएको भन्दै उनीहरूलाई पनि भत्ताको व्यवस्था गरिएको हो। प्रेमनारायण आचार्यले अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया