३० आश्विन २०८३, शुक्रबार

भारत जानेको लर्को

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । भारतमा रहेका कञ्चनपुरको वेदकोट नगरपालिका–४ का पुष्कर थापा कोरोनाको दोस्रो लहरका बेला चैतमा घर फर्किएका थिए। उता कमाएर ल्याएको रकम यता महिना नपुग्दै तिरतारमा सकियो। घरमा नुनतेलको खर्चका लागि पनि समस्यामा परेका उनले पसल गरे। तर, निषेधाज्ञाका कारण पसल चलेन। उनी फेरि भारततिर हिँडेका छन्।

‘पसल गरेँ। बन्दले चलेन। अरू मजदुरी केही पाइनँ’, गौरीफन्टा सीमा नाकामा लाम लागेको अवस्थामा भेटिएका थापाले भने, ‘परिवार पाल्न भारत जानुको विकल्प देखिनँ। गरिबले भारतबाहेक काँ जाने त ? विदेश (तेस्रो मुलुक) जान लाखौं खर्च हुँदैन। टिकट काटेपछि भारत जान सजिलो। त्यसैले आज भारत जान लागेको।’

कैलालीको लम्कीचुहा नगरपालिका मोतीनगरका गणेश बडुवाल पनि शुक्रबार भारत पसेका छन्। मुम्बईमा काम गर्ने बडुवालले भने, ‘घरदेश छोड्न कसलाई राम्रो लाग्ला र ? तर, केही रोजगारी पाइँदैन, के गर्नु ? भारत जानुको विकल्प छैन।’

बडुवाललाई भारतमा अझै कोरोनाको कहर यथावत् रहेको थाहा छ। दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोना पुष्टि भइरहेको समाचारमा सुनेको उनले बताए। ‘तर, त्यहाँ मालिकले खोप लगाएपछि कोरोना लाग्दैन। लागे पनि अस्पताल भर्ना हुनुपर्दैन भने’, उनले भने, ‘त्यसैमा हाम्रो देशमा खोप पनि पाइँदैन, मालिकले बोलाएकाले जान थालेको हुँ।’ अन्नपूर्ण पोस्ट दैनिकमा शिवराज भट्टले समाचार लेखेका छन् ।