३० आश्विन २०८३, शुक्रबार

संक्रमण दर अझै २०–२२ प्रतिशत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । निषेधाज्ञा खुकुलो भएपछि कोभिड–१९ संक्रमण दर स्थिर छ भने मृत्युको संख्यामा केही कमी देखिएको छ । पछिल्लो साता दैनिक ३० देखि ४० जनासम्मको मृत्यु हुने गरेको छ ।

असार दोस्रो सातादेखि निषेधाज्ञा खुकुलो भएपछि करिब ४ जनाको पीसीआर परीक्षणमा एक जनामा पोजिटिभ दर देखिएको छ । एन्टिजेन परीक्षणमा कहिले ५ जनामा त कहिले ४ जनाको परीक्षणमा एक जनामा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो हुनुभन्दा अगाडि पनि ४ जनाको पीसीआर परीक्षण गर्दा १ जना पोजिटिभ र ५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएको थियो ।

‘निषेधाज्ञा खुकुलो भएपछि पनि पोजिटिभ देखिने प्रतिशत खासै फरक छैन,’ वरिष्ठ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीले भने, ‘तर नेपाल जस्तो सानो मुलुकमा दिनहुँ कुल परीक्षण गराउनेमध्ये २०–२२ प्रतिशत पोजिटिभ देखिनु अत्यन्त बढी हो ।’ निषेधाज्ञा खुकुलो

भएपछि दैनिक कोभिड पोजिटिभ प्रतिशत २१ देखि २६ सम्म देखिएको छ । यसअघि यो प्रतिशत न्यूनतम १८.६ देखि अधिकतम २४.९५ सम्म देखिएको थियो । यस्तै, निषेधाज्ञा खोल्नुभन्दा केही दिनअघिसम्म एन्टिजेन परीक्षणबाट दिनहुँ १४.८ देखि १८.७ प्रतिशतसम्म पोजिटिभ देखिएको थियो । हाल एन्टिजेन परीक्षणबाट २०.२ देखि २३.४ प्रतिशतसम्म पोजिटिभ देखिएको छ ।

परीक्षणको संख्या नबढाएसम्म कोभिडको वास्तविकता थाहा पाउन नसकिने विज्ञहरू बताउँछन् । दिनहुँ ६–७ हजारको संख्यामा पीसीआर परीक्षण र ४ हजारदेखि साढे ४ हजारको संख्यामा एन्टिजेन परीक्षण भइरहेको छ । हवाई उडान सुरु हुनासाथ यथास्थितिमा कोभिड परीक्षण जारी रहँदा हालको परीक्षणको संख्यामा दोब्बर वृद्घि भएर संक्रमण प्रतिशतमा भने कमी देखिने उनीहरू बताउँछन् । अतुल मिश्रले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।