१६ कार्तिक २०८३, सोमबार

‘विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्नेलाई पर्खिनुपर्ने ?’

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल पक्षलाई नफर्खिने बताएका छन् ।

शनिबार एमालेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले भने, “अब एमाले अगाडि बढ्छ । जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ?”

प्रधानमन्त्री ओलीले सोमबारसम्म नेपाल पक्षबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न गरेको हस्ताक्षर फिर्ता नभए एकता नहुने बताएका छन् । “सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन”, उनले भने ।