
काठमाडौँ, १९ जेठ । काठमाडौँ उपत्यकामा थप ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँमा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार २३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ८३७ र एन्टिजेन विधिबाट ४ हजार २९६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २३८ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ५८० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ६ हजार ६६६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेको छ ।
२४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १९८ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया