
काठमाडौँ, १९ असार । अविरल आएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ ।
पानीको बहाव शुक्रबार राती एक लाख ५५ हजार क्यूसेक रहेकोमा शनिबार दिउँसो बढेर २ लाख २३ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
हिमाली र पहाडी क्षेत्रमा भएको वर्षका कारण सहायक नदीको समेत बहाव बढ्दा सप्तकोशीमा पनि बहाव बढेको जनाइएको छ ।
बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खुला गरिएको छ । बहाव धेरै बढेपछि बाँकी ढोका खोल्न समेत भारतलाई आग्रह गरिएको छ ।
२ लाख ५० हजार बढी भएमा खतरा मानिन्छ । ब्यारेजको पुलमा रातो बत्ती समेत बालिएको छ ।
सप्तकोशीको बहाव बढेसँगै स्थानीयहरुमा सजग रहन आग्रह गरिएको छ ।












प्रतिक्रिया