७ कार्तिक २०८३, शनिबार

टहरामा सुतिरहेका दम्पतीलाई टिपरले किच्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । काठमाडौंको मुलपानीनजिकै टिपर खसेर किच्दा टहरामा सुतिरहेका दम्पतीको मृत्यु भएको छ ।

बालुवा बोकेको बा ५ ख २५११ नम्बरको टिपर खस्दा नुवाकोट घर भएका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्तीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार टिपर चालक गोविन्द घलान पक्राउ परेका छन् ।