७ कार्तिक २०८३, शनिबार

गोरखाको सिरानचोकमा एक दम्पती पहिरोमा पुरिए

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

गोरखा, १९ असार । गोरखामा पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको छ ।

सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा पहिरोले पुरिएर ८० वर्षका रमन पाण्डे र ७० वर्षकी नन्दकुमारी पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शनिबार बिहान साढे ६ बजेतिर घरमाथिबाट खसेको पहिरोले एक तले कच्ची घर पुरिँदा घरमै रहेका पाण्डे दम्पतीको ज्यान गएको बताइएको छ ।