८ कार्तिक २०८३, आइतबार

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असार । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।

पोखरेललाई २०७८ जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५ औँ बैठकले २०७८ असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि नियूक्त गरेको थियो । आज देखि उनले बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका छन् ।

उनी २०७८ वैशाख १८ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए भने विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए ।

नेपालका विभिन्न बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एन.आइ.सी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंक) मा २४ वर्षको अनुभव र नेपाल बाहिर विभिन्न अन्तर्राष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष) मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिंग अनुभव रहेको छ ।

डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरा बैंकका नवनियूक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पुर्याउने कुरामा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले बताउँदै बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिए ।

यस सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म रु. ८८.९४ अर्बको निक्षेप र रु.८३.६० अर्बको कर्जा विस्तार गर्न सफल भएको छ ।