
ललितपुर, १८ असार । सवारीचालक अनुमतिपत्र कीर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ बस्ने देवकाजी तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
लगनखेल बसपार्कअगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउँदै गरेको बा. २ ख ६५५६ नम्बरको बसका चालक देवकाजीलाई सवारी चालक अनुमतिपत्र शंकास्पद देखिएपछि पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।















प्रतिक्रिया